Vegetos पत्रिकामा प्रकाशित हालको अध्ययनमा, चौधरी चरण सिंह हरियाणा कृषि विश्वविद्यालय, हिसार, भारतका वैज्ञानिकहरूले प्राकृतिक फार्मबाट पृथक गरिएका Azotobacter र Trichoderma प्रजातिहरूमा अद्वितीय बिरुवा वृद्धि-प्रवर्द्धक गुणहरू फेला पारेका छन्।
“Evaluation of Plant Growth-Promoting Traits in Azotobacter and Trichoderma Strains Isolated from Natural Farms in India” शीर्षकको अध्ययनमा अनुसन्धानकर्ताहरूले हरियाणास्थित जैविकरूपमा व्यवस्थापित खेतहरूबाट २२ ब्याक्टेरिया र १६ फङ्गस आइसोलेट सङ्कलन गरेका थिए। तीमध्ये १२ Azotobacter र ८ Trichoderma प्रजातिहरूलाई आकृतिक तथा जैव–रासायनिक परीक्षणपछि चयन गरिएको थियो।
अनुसन्धानले देखायो कि यी सूक्ष्मजीवहरूले इन्डोल एसिटिक एसिड (IAA), अमोनिया, हाइड्रोजन सायनाइड (HCN), साइडेरोफोर, र फस्फोरस/पोटासियम घुलनशीलता जस्ता मुख्य वृद्धि-प्रवर्द्धक पदार्थ उत्पादन गर्छन्।
विशेष रूपमा, Azotobacter chroococcum (Azo 11, Azo 12) र Trichoderma asperellum तथा T. harzianum (BNT 2, BNT 8) प्रजातिहरू सबैभन्दा बहुआयामिक पाइएको छ। यी सूक्ष्मजीवहरूले एमिलेज, लिपेज, लक्केज, र सेल्युलेज जस्ता एन्जाइम उत्पादन गरेर माटोको जैविक पदार्थ विघटन र पोषण उपलब्धता सुधार्ने क्षमता देखाए।
अनुसन्धानले यी प्रजातिहरूलाई पर्यावरणमैत्री जैविक मल (biofertilizer) का रूपमा प्रयोग गर्न सकिने सम्भावना देखाएको छ, जसले माटोको उर्वरता, बिरुवाको वृद्धि, र रोग-प्रतिरोधात्मक क्षमतामा सुधार ल्याउन सक्छ।
लेखकहरूको भनाइमा, यी खोजहरू प्राकृतिक र न्यून-इनपुट खेती प्रणालीहरू का लागि अत्यन्त उपयोगी सावित हुन सक्छन् र रासायनिक मल तथा कीटनाशकमा निर्भरता घटाउन मद्दत पुर्याउँछ।
यस अनुसन्धानले भारतमा जैविक खेती र दिगो खाद्य सुरक्षातर्फको यात्रामा नयाँ सम्भावना खोलेको छ।
Reference
Kamal, N., & Saharan, B. S. (2025). Evaluation of plant growth-promoting traits in Azotobacter and Trichoderma strains isolated from natural farms in India. Vegetos. https://doi.org/10.1007/s42535-025-01498-2






